Skip to main content
शुक्रबार, २० कात्तिक २०८३

लुम्बिनी विकास कोषका उपाध्यक्ष डोल्माको नागरिकता छानबिन गर्न माग गर्दै ज्ञापनपत्र

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

November 6, 2026


राष्ट्रिय जेन्जी नागरिक अभियानले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्माको नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा निष्पक्ष छानबिनको माग गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ।

अभियानका संयोजक सुनिल सिंहले सार्वजनिक पदमा नियुक्त व्यक्तिको पृष्ठभूमि, नागरिकता र आर्थिक पारदर्शितामा प्रश्न उठेपछि आम नागरिकले सत्यतथ्य जानकारी पाउनुपर्ने बताए। सार्वजनिक जिम्मेवारीमा पुगेका व्यक्तिको नियुक्ति प्रक्रिया र पारदर्शिताका विषयमा नागरिकले चासो राख्नु स्वाभाविक भएको उल्लेख गर्दै उनले सम्बन्धित निकायले स्पष्ट जवाफ दिनुपर्नेमा जोड दिए।

अभियान्ताहरूले लामो समयदेखि यस विषयमा खबरदारी गर्दै आएको बताउँदै नागरिकले उठाएका जायज प्रश्नहरूलाई बेवास्ता गर्न नहुने चेतावनी दिएका छन्।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।