Skip to main content
मंगलबार, १७ कात्तिक २०८३

संसद् आह्वान गर्न सभामुखसँग प्रतिपक्षी दलहरूको माग

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

November 3, 2026


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले यथाशीघ्र संसद् अधिवेशन आह्वान गर्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएका छन्।

मङ्गलबार सिंहदरबारमा सभामुख अर्यालसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै प्रतिपक्षी नेताहरूले देशमा देखा परेका संवेदनशील र गम्भीर विषयहरूमा संसद्भित्रै गहन छलफल गरी निकास खोज्नुपर्नेमा जोड दिएका छन्। भेटका क्रममा सभामुख अर्यालले छिट्टै संसद् बैठक बोलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

भेटघाटपछि नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले संसद् छल्दै अध्यादेशमार्फत काम गर्ने र लोकतान्त्रिक मर्ममाथि प्रहार गर्ने प्रयास गरिरहेको आरोप लगाउनुभयो। साथै, उहाँले कर्मचारीहरूलाई कार्यस्थलबाट उठाएर प्रधानमन्त्री कार्यालय लैजाने र यातना गृहजस्तो अनुभूति गराउने कार्य भइरहेको भन्दै यस्ता विषयको निकास संसद्बाटै खोज्नुपर्ने स्पष्ट पार्नुभयो। प्रतिपक्षी दलहरूले मुद्दाहरूलाई अल्झाउनुको साटो संसद्बाटै समाधान निकाल्नुपर्ने माग राखेका छन्।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।