
Ground Zero
November 2, 2026

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारका गतिविधिहरूले लोकतन्त्र, संविधान र संवैधानिक अङ्गहरूलाई कमजोर पार्ने काम गरिरहेको आशङ्का व्यक्त गर्नुभएको छ । सोमबार प्रेस चौतारी नेपाल, रुपन्देहीद्वारा बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उच्च जिम्मेवार पदमा रहेका व्यक्तिहरू संयमित हुनुपर्नेमा हाल कार्यकारी भूमिकामा रहेकाहरूको सामाजिक सञ्जाल गतिविधिले राज्यको जिम्मेवारीलाई खेलौना जस्तो बनाएको पोखरेलले तर्क गर्नुभयो । चुनाव प्रचारमा प्रधानमन्त्रीसँगै रहेका व्यक्तिलाई लिएर प्रधानमन्त्रीले नै समाजका अङ्गहरूलाई नियन्त्रण वा प्रभावित गर्न खोजेको आशङ्का उहाँले व्यक्त गर्नुभयो ।
सरकारका गतिविधिप्रति स्वयं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत सन्तुष्ट नरहेको दाबी गर्दै महासचिव पोखरेलले जनताको अपेक्षा विपरीत नकारात्मक दिशामा गएको देशको स्थितिलाई सच्याउनु र सुधार गर्नु सबैको साझा कर्तव्य भएको बताउनुभयो ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।