
Ground Zero
November 2, 2026

नेपाल भ्रमणमा रहनुभएका स्विट्जरल्याण्ड नेशनल काउन्सिलका अध्यक्ष पिएरे आन्द्रे पाजले सोमबार सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा दुई देशबीचको आपसी हित, विकास साझेदारी र संसदीय सहकार्यका विषयमा छलफल भएको थियो ।
कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा एक-अर्कालाई शुभकामना दिँदै अध्यक्ष दाहालले नेपालको विकास र आपत्विपत्मा स्विट्जरल्याण्डले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । साथै, स्विट्जरल्याण्डका विश्वस्तरीय औषधि उद्योगहरू नेपालमा सरकारी स्तरबाट स्थापना गर्न सके नेपाली जनताले राहत पाउने धारणा उहाँले राख्नुभयो ।
जवाफमा अध्यक्ष पाजले नेपालको आवश्यकता अनुसार सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । दुवै देशका संसद्बीच अनुभव आदानप्रदान गर्न संसदीय मैत्री समूह गठन गरी अघि बढ्ने सहमति समेत भएको छ । अध्यक्ष पाज छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार काठमाडौँ आउनुभएको हो ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।