Skip to main content
सोमबार, १६ कात्तिक २०८३

चीनसँगका वैकल्पिक नाका र विपद् जोखिम न्यूनीकरणबारे छलफल

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

November 2, 2026



परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले चीनसँग तातोपानीका साथै कोरला र लामाबगर जस्ता वैकल्पिक नाकाबाट व्यापारिक गतिविधि बढाउन छलफल भइरहेको जानकारी दिनुभएको छ । सोमबार सिंहदरबारमा बसेको भोटेकोशी एवम् कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो

जलवायु परिवर्तन र हिमाल पग्लने क्रमले तातोपानी नाका उच्च जोखिममा रहेकाले भविष्यमा वैकल्पिक तथा नदी बेसिनमा आधारित नयाँ नाकाहरू विकास गर्नुपर्नेमा सचिव राईले जोड दिनुभयो । जोखिम न्यूनीकरणका लागि चीनसँग भरपर्दो पूर्वसूचना प्रणाली र संयुक्त संयन्त्र स्थापना गर्न सरकार क्रियाशील रहेको उहाँले बताउनुभयो ।

भोटेकोशी बाढीपछि सुरक्षा फौजले तत्काल उद्धार अघि बढाएको स्पष्ट पार्दै उहाँले जलवायु क्षतिबारे अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने सांसदहरूको सुझाव रहेको उल्लेख गर्नुभयो ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।