Skip to main content
सोमबार, १६ कात्तिक २०८३

लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्तिप्रति अधिवक्ता दिनेश त्रिपाठीको आपत्ति

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

November 1, 2026


वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लुम्बिनी विकास कोषमा गायिका आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर कडा आपत्ति जनाउनुभएको छ। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले लुम्बिनी विकास कोष कसैलाई पुरस्कार बाँड्ने थलो नभएको स्पष्ट पार्नुभयो।

अधिवक्ता त्रिपाठीले सार्वजनिक महत्वका संस्थामा नियुक्ति व्यक्तिगत सम्बन्ध वा प्रभावका आधारमा नभई कानुनी प्रक्रिया र संस्थाको उद्देश्यअनुसार हुनुपर्ने धारणा राख्नुभयो। नियुक्ति कुन कानुनी प्रावधान र आधारमा गरिएको हो भन्नेबारे सरकार मौन बसेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो।

बुद्ध जन्मस्थल लुम्बिनीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक-सांस्कृतिक महत्व रहेकाले यसको विकास र व्यवस्थापन सम्हाल्ने निकायका नियुक्ति पारदर्शी, जवाफदेही र कानुनसम्मत हुनुपर्ने उहाँको भनाइ छ। कार्यक्रमका अन्य वक्ताहरूले पनि सरकारले यस विषयमा उठेका प्रश्नहरूको स्पष्ट र चित्तबुझ्दो जवाफ दिनुपर्नेमा जोड दिएका छन्।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।