Skip to main content
बिहिबार, १२ कात्तिक २०८३

नेपालीहरूमा आफ्ना देशका विद्वान नचिन्ने प्रवृत्ति छ: केपी शर्मा ओली

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 27, 2026


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका विद्वानहरूलाई नचिन्ने वा विद्वान नठान्ने प्रवृत्ति रहेको बताउनुभएको छ।

मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वदेशी विद्वानहरूले जतिसुकै तर्कपूर्ण र तथ्यपूर्ण लेखेका भए तापनि आफ्ना ग्रन्थहरूमा नेपाली लेखकभन्दा विदेशी विद्वानहरूकै उदाहरण दिने परिपाटी बढी रहेको उल्लेख गर्नुभयो।

त्यस्तै, उहाँले भाषा, संस्कृति, कला र वाणीमा भिज्ने व्यक्ति मात्र समाजका लागि असल र मानवतावादी हुनसक्ने धारणा व्यक्त गर्नुभयो। धेरै ज्ञान भएर पनि व्यक्ति असल र मानवतावादी हुन नसकेमा त्यस्तो ज्ञान समाज र छिमेकीका लागि पीडादायक बन्ने उहाँको भनाइ थियो।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।