
Ground Zero
October 28, 2026

कृषि, वन तथा पर्यावरण मन्त्रालयले भोटेकोशी बाढीबाट भएको क्षतिको विभिन्न ४–५ वटा शीर्षकमा वर्गीकरण गरी मूल्याङ्कन भइरहेको जनाएको छ।
सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको ‘भोटेकोशी एवम् कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’ को बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले उक्त जानकारी दिनुभएको हो।
सचिव मिश्रका अनुसार बालीनालीको क्षति राष्ट्रिय योजना आयोगको प्रतिवेदनमा समेटिने छ भने पशुपन्छीको क्षति किसान सूचीकरण र व्यावसायिक फार्मको तथ्याङ्कका आधारमा मूल्याङ्कन भइरहेको छ। हजारौँ वर्षदेखि खेती गरिँदै आएको जग्गाको क्षति उत्पादकत्वका आधारमा निकालिने र अन्तिम तथ्याङ्क छिटै समितिलाई बुझाइने उहाँले बताउनुभयो। कालीगण्डकी बाढीको क्षति मूल्याङ्कनमा भने केही ढिलाइ भएको छ।
बैठकमा समिति सभापति कृष्णप्रसाद पौडेलले प्रभावित स्थानीय तहका ४९ वटा वडाको क्षति प्रमाणीकरण गरेर उपलब्ध गराउन आग्रह गर्दै तथ्याङ्क प्राप्त भएपछि मात्रै समितिले स्थलगत निरीक्षण गर्ने स्पष्ट पार्नुभयो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।