
Ground Zero
October 27, 2026

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टीलाई बलियो र एकढिक्का बनाउन विशेष संवाद अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ।
मंगलबार पोखरामा बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा आयोजित सम्मान कार्यक्रममा बोल्दै थापाले आन्तरिक प्रतिस्पर्धाको तिक्तता बिर्सिएर पार्टीसँग टाढिएका मतदाता र शुभेच्छुक परिवारलाई पुनः जोड्नुपर्ने बताउनुभयो। पार्टीभित्रका संस्थागत गुटहरू समाप्त भइसकेकाले आपसी कटुता मेट्नुपर्ने उल्लेख गर्दै उहाँले २० देखि ८० वर्षसम्मका चार पुस्ताको सहभागिता कांग्रेसको अलौकिक पुँजी भएको स्पष्ट पार्नुभयो। विगतका कमीकमजोरी सच्याउँदै लोकतन्त्र रक्षाका लागि केन्द्रित हुने उहाँको भनाइ थियो।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्य दलतिर ढल्किएका पुराना कार्यकर्तालाई भित्र्याउन संवाद अपरिहार्य रहेको धारणा राख्नुभयो। सो अवसरमा गण्डकी प्रदेशका ११ जिल्लाका अग्रज नेताहरूलाई सम्मान गरिएको थियो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।