
Ground Zero
October 21, 2026

मकवानपुरको मनहरी गाउँपालिकामा १ करोड ४३ लाख ४० हजार ७ सय ७८ रुपैयाँको अनियमितता भएको छ भने आवश्यक प्रमाण र कागजात नै पेस नगरी ११ लाख ७९ हजार २ सय ३० रुपैयाँ स्वाहा पारिएको छ । महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार अघिल्लो वर्षको बेरुजुसहित मनहरीको कुल अद्यावधिक बेरुजु ३० करोड ९७ लाख ८९ हजार ५८ रुपैयाँ पुगेको
लोक सेवा आयोगमा माग नै नपठाई नाप्रास, अमिन र सामाजिक परिचालक जस्ता पदमा नियमविपरीत करारमा कर्मचारी भर्ती गरेर २१ लाख ८८ हजार रुपैयाँभन्दा बढी उडाइएको छ। यस्तै, विपद्का नाममा ब्याकहो लोडर चलाउँदा नापजाँचको प्राविधिक प्रतिवेदनबिनै इन्धनका नाममा १८ लाख ५३ हजार रुपैयाँ भुक्तानी दिइएको छ।
त्यस्तै, मोटरसाइकल खरिद र अनुगमनको खर्च अर्कै शीर्षकमा देखाएर १२ लाख ३६ हजार रुपैयाँ रकमान्तर गरिएको छ। कार्यक्षेत्र बाहिर गएर मनहरी बहुमुखी क्याम्पसलाई बिल भरपाई र लेखापरीक्षण प्रतिवेदनबिनै १५ लाख २९ हजार रुपैयाँ अनुदान बाँडिएको छ भने संघीय समानीकरण अनुदानबाट कानुनविपरीत १० लाख रुपैयाँ विद्यालयलाई बस किन्न दिइएको छ।
प्रतापपुर सडक कालोपत्रे गर्दा मापडण्ड भन्दा फरक मोटाई राखी ठेकेदारलाई ७ लाख २६ हजार रुपैयाँ बढी भुक्तानी दिइएको छ। यस्तै, प्रतिस्पर्धाबाट गराउनुपर्ने विद्यालय भवन र खेलमैदान निर्माणका काम नियमविपरीत उपभोक्ता समितिमार्फत गराएर ३६ लाख ४३ हजार रुपैयाँभन्दा बढी खर्च लेखिएको छ।
जनताले तिरेको कर र विकास बजेटमाथि भएको यो घोर लापरवाही र आर्थिक अराजकताको जवाफ मनहरी गाउँपालिकाले कहिले दिने?
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।