Skip to main content
बुधबार, ०४ कात्तिक २०८३

मकवानपुरको बकैया गाउँपालिकामा १ करोड २१ लाखको अनियमितता

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 21, 2026



मकवानपुरको बकैया गाउँपालिकामा १ करोड २१ लाख ७२ हजार ७ सय ९६ रुपैयाँको चरम अनियमितता भएको छ भने आवश्यक प्रमाण तथा कागजात नै पेस नगरी ३६ लाख ३९ हजार २ सय ८२ रुपैयाँ खर्च पारिएको छ । महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार अघिल्लो वर्षको बेरुजुसहित गाउँपालिकाको कुल अद्यावधिक बेरुजु १९ करोड ८९ लाख ८२ हजार १ सय ८० रुपैयाँ पुगेको छ

ओ एण्ड एम सर्भे नै नगरी नियमविपरीत करारमा मान्छे थपेर ५७ लाख ७८ हजार रुपैयाँभन्दा बढी अनियमित तरिकाले बाँडिएको छ। कानुनले रोक लगाएको अध्यक्षको स्वकीय सचिव पदमा ज्यालादारीमा कर्मचारी राखेर २ लाख ४८ हजार रुपैयाँ गैरकानुनी भुक्तानी दिइएको छ।

आफ्नै बजेट हुने प्रहरी चौकी र बीटहरूलाई गाउँपालिकाको कोषबाट इन्धन, मौला पूजाको खसीबोका, घरभाडा र गाडी मर्मतका नाममा २ लाख ९५ हजार रुपैयाँभन्दा बढी नियमविपरीत खर्च गरिएको छ।

त्यस्तै, कानुनविपरीत जनप्रतिनिधिको दुर्घटना बीमामा १ लाख ८ हजार र इन्धन सुविधामा ३ लाख ४५ हजार रुपैयाँ उडाइएको छ। समयमै विद्युत महसुल नबुझाउँदा १ लाख २६ हजार रुपैयाँ जरिवाना तिरिएको छ भने बैठक भत्ताका नाममा नियमविपरीत १ लाख ९९ हजार रुपैयाँ खर्च लेखिएको छ।

पोशाक भत्ता पाइसकेका नगर प्रहरीलाई पुनः पोशाक खरिदका नाममा ५७ हजार, भरपाई नै नराखी शैक्षिक सामग्री खरिदमा ८ लाख ४८ हजार र उपभोक्ता समितिमार्फत नियमविपरीत वडा भवन निर्माण गराएर १० लाख ५४ हजार रुपैयाँ भुक्तानी गरी सार्वजनिक खरिद ऐनको धज्जी उडाइएको छ।

जनताको करबाट उठेको बजेटमाथि भएको यो घोर लापरवाही र आर्थिक बेथितिको जवाफदेही बकैया गाउँपालिकाले कहिले दिने ?

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।