Skip to main content
शनिबार, १३ असार २०८३

EXCLUSIVE पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे ‘सनसनी खुलासा’ (रिपोर्ट सहित)

Subhak Mahato

May 23, 2025


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको नाममा भएको ३२ देखि ३५ अर्बको स्क्याम । ग्राउण्ड जिरोलाई प्राप्त रिपोर्टहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्राविधिक रुपमा ठिक छैन र यहाँबाट पूर्ण क्षमतामा अन्तर्राष्ट्रिय उडान गर्न मिल्दैन ।

यस पटकको सिरिजमा विमानस्थल निर्माण प्राविधिक रुपमा ठिक छैन र जर्बजस्ती जहाज उडाए दुर्घटना हुन सक्ने गम्भिर प्रमाणहरु सार्वजनिक गर्दैछौं । ति प्रमाणहरुले भन्दै छन्, कि ‘रन–वे ३० बाट जहाज टेकअफ गर्न मिल्दैन र रन–वे १२ बाट जहाट ल्याण्डिङ गर्न मिल्दैन’ । ति एक/एक रिपोर्टहरुको एक/एक पाना हामी देखाउँदैछौं ।

यो कुरा बुझ्नका लागि तीन वटा रिपोर्ट र सम्झौता हेर्नु पर्ने हुन्छ ।

पहिलो : नेपाल नागरिक उड्डयन प्राधिकरण र चीनियाँ कम्पनी सिएएमसी बीच भएको मुख्य सम्झौता
दोस्रो : फ्लाइट प्रस्यूडर डिजाइन
तेस्रो : फ्लाइट क्यालिब्रेसन (फ्लाइट इनस्पेक्सन) रिपोर्ट



हो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने ठेक्का पाएका चिनियाँ कम्पनी सिएएमसीले बनाएको फ्लाइट प्रस्यूडर डिजाइनको रिपोर्टले ‘रन–वे ३० बाट टेकअफ नगर्न र रन–वे १२ बाट ल्याण्डिङ नगर्न भनी रिपोर्टमा उल्लेख गरेका छन् ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।