Skip to main content
सोमबार, १२ असोज २०८३
Episode – 03

यी टासी जो डाक्टर बनेर जन्मथलो हुम्लै फर्किए

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Subhak Mahato

December 19, 2023


हुस्सुले ढाकेका अग्ला डाँडा हेर्दै, हजुरआमाको काखमा लुक्दै, खेल्दै र धुलेढुंगे बाटो हिँडेर विद्यालय जाँदै उनी हुम्लाको बर गाउँमा हुर्किए। हरेक विपतमा हजुरआमाको काख उनको सेल्टर थियो, प्रेमको केन्द्र थियो। ११ वर्षको हुँदा उनकी स्नेही हजुरआमाले श्वास छोडिन्।

शिक्षकहरुलाई थाहा थियो, उनी पढाईमा अब्बल छन्। बुवालाई थाहा थियो, जिल्लामा डाक्टर छैनन्। र टासी लामाको मनमा गडेको थियो, उपचार पाएकी भए हजुरआमा यति चाँडै उनलाई छोडेर जाने थिइनन्।

अस्पताल वरपर रहने जो कोही सेतोकोटधारी स्वास्थ्यकर्मीलाई त्यतिबेला सिमिकोटले डाक्टर भन्थ्यो। टासी त्यही डाक्टर बन्न चाहन्थे। सेतोकोट लगाएर बिरामीको उपचार गर्न चाहन्थे।

उनी काठमाडौं आए। बल्ल पो थाहा भयो— एचए पढ्नु डाक्टर बन्नु होइन रहेछ। पढाई सकेर हुम्ला फर्किंदा बर गाउँले नयाँ ‘डाक्टर’ पाएको थियो। उनलाई खादामाला लगाएर स्वागत गरिएको थियो। तर उनी सन्तुष्ट थिएनन्।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।