
Ground Zero
November 28, 2026

विवाहको सिजन सुरु भएसँगै यती एअरलाइन्सले आन्तरिक हवाई यात्रामा अहिलेसम्मकै सबैभन्दा आकर्षक अफर सार्वजनिक गरेको छ । एअरलाइन्सले ‘यतीमा जन्ती’ नामक विशेष अभियान घोषणा गर्दै विवाहका लागि सामूहिक टिकट काट्ने बेहुला–बेहुलीलाई निःशुल्क हवाई यात्राको बम्पर उपहार दिने भएको हो ।
कम्पनीले सार्वजनिक गरेको यस अनौठो र लोभलाग्दो योजनाअनुसार, विवाह समारोहमा सहभागी हुन १५ जनाभन्दा बढी जन्ती वा आफन्तको समूहले एकैसाथ टिकट बुकिङ गरेमा बेहुला र बेहुलीको टिकटमा शतप्रतिशत छुट दिइनेछ । अझ रोचक कुरा त के छ भने, यो अफरअन्तर्गत बेहुलाले आउने र जाने दुवैतर्फको (राउन्ड ट्रिप) निःशुल्क टिकट पाउनेछन् भने बेहुलीले एकतर्फी निःशुल्क हवाई यात्राको मजा लिन पाउनेछिन् ।
विवाह तथा शुभकार्यमा टाढा–टाढा पुग्नुपर्ने परिवार, आफन्त र साथीभाइको यात्रालाई तनावमुक्त, आरामदायी र सस्तो बनाउने उद्देश्यले यतीले यो ‘गेम चेन्जर’ अफर ल्याएको हो । महँगो हवाई भाडाका कारण चिन्तित हुने विवाह आयोजकहरूका लागि यो योजनाले ठूलो आर्थिक बचत गर्नुका साथै आकाशको यात्रालाई अविस्मरणीय उत्सवमा बदल्ने विश्वास गरिएको छ ।
विवाहको खुसीलाई उडानसँग जोड्ने यो सुनौलो अवसर छोप्न चाहनेहरूले यती एअरलाइन्सको सम्पर्क नम्बर ०१–५९७००७४ मा तुरुन्तै बुकिङ गर्न सक्नेछन् ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।