Skip to main content
बिहिबार, १० मंसिर २०८३

रुपन्देहीको ओमसतिया गाउँपालिकामा १ करोड २० लाखको अनियमितता

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

November 25, 2026


रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिकामा १ करोड २० लाख ८० हजार २ सय ७० रुपैयाँको अनियमितता गरेको छ ।

महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार अघिल्लो वर्षको बेरुजुबाट केही सम्परीक्षण भएपछि हाल कुल अद्यावधिक बेरुजु ८ करोड ७२ लाख १३ हजार रुपैयाँ पुगेको छ।गाउँपालिकाको १ अर्ब १८ करोड रुपैयाँको कुल आय-व्यय परीक्षण गर्दा कानुन र खरिद नियमावलीको गम्भीर उल्लङ्घन भएको पाइएको छ।

स्थानीय सरकार सञ्चालन ऐन विपरीत कम्प्युटर अपरेटर, अनमी, अहेव र ल्याब असिस्टेन्टजस्ता पदमा कानुन मिचेर १२ जना करार कर्मचारीलाई ५९ लाख ६४ हजार रुपैयाँ तलब भत्ता बाँडिएको छ। समग्रमा रिक्त पदहरूमा ४३ जना करार कर्मचारी राखेर २ करोड रुपैयाँभन्दा बढी खर्च गरिएको छ।

त्यस्तै, कार्यक्षेत्र बाहिरका डिउहार संरक्षण समिति, समयमाई आमा समूह र शिवशक्ती आमा समूहलाई अध्ययन भ्रमण तथा धार्मिक तीर्थयात्राका नाममा २ लाख ३० हजार रुपैयाँ गैरकानुनी रूपमा बाँडिएको छ।

कानूनी रूपमा उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति हुने व्यवस्था भए पनि, वडा स्तरीय योजना अनुगमनका नाममा वडा सदस्यहरूलाई नै नियमविपरीत २ लाख ९५ हजार रुपैयाँ भत्ता वितरण गरिएको छ। दलित उत्थान समन्वय समितिलाई टेन्ट खरिदका लागि २ लाख र सेवाग्राही सन्तुष्टि सर्वेक्षणका नाममा प्रतिष्ठा मल्टिसर्भिस प्रा.लि. लाई २ लाख ९० हजार रुपैयाँ बाँडेर वितरणमुखी कार्य गरिएको छ।

इलाका प्रहरी कार्यालय तरकुल्ला, वडा प्रहरी कार्यालय भैरहवा, रेडक्रस सोसाइटी, तथा धकधई र बेलहियाका प्रहरी चौकीमा ट्रष्ट निर्माण, रङ्गरोगन र भान्साघर बनाउन १३ लाख ६९ हजार रुपैयाँ गाउँपालिकाको कोषबाट खर्च गरिएको छ।

सार्वजनिक खरिद ऐनको धज्जी उडाउँदै ह्युमपाइप खरिदमा प्रतिस्पर्धा सीमित गर्न टुक्रा-टुक्रा पारेर २२ लाख ६० हजार रुपैयाँ खर्च गरिएको छ। उपभोक्ता समितिलाई हस्तान्तरण गर्न नमिल्ने विद्यालयको काम व्यवस्थापन समितिमार्फत गराएर ४ लाख ७० हजार र कार्यविधि विपरीत दुई वटा विद्यालयलाई सञ्चालन अनुदान भन्दै १० लाख रुपैयाँ बाँडिएको छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।