Ground Zero
December 6, 2025
नेपालको उड्डयन क्षेत्रमा करिब १ खर्ब भ्रष्टाचारका मुख्य नाइके प्रदिप अधिकारीलाई पक्राउ परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईलाई हत्या गर्ने योजना प्रदिप अधिकारीले बनाएको खुलेको छ । आफूलाई उग्रवादी समुह नेपालका संयोजक बताउने प्रकाश पाठकले २ मिनेट २१ सेकेण्डको भिडियो जारी गरी प्रदिप अधिकारीलाई अख्यिार प्रमुख प्रेम राईले चर्चामा आउनका लागि पक्राउ गरेको र अब यस्तो काम बन्द गर्न धम्की दिएको हो । त्यति मात्रै नभएर उक्त भिडियोमा प्रदिप अधिकारीको नाम दुई दुई पटक लिँदै उनलाई समातेकै कारण तल्लो स्तरको भाषा प्रयोग गर्दै अख्यिार प्रमुख राईलाई हत्या गर्ने चेतावनी दिएको हो ।
पाठकको धम्की यस्तो :
प्रदिप अधिकारीलाई समातेर अख्तियारमा मैले काम गर्दैछु भनेर एक किसिमको भाइब्स दिनलाई..
जुन एउटा हर्कत देखाउन खोजि राखेको छ प्रेम राईले
त्यो गल्त छ ।
तेरो टाइम बहुत कम छ ।
चार दिन भइसक्यो आज ।
तँ आफ्नो ज्यानको सुरक्षा तर्फ लाग ।
तैले अहिले भाइब्स दिने होइन…अहिले ।
तँ भ्रष्ट होस यार…
कु** होस् यार
तँलाई कसरी भन्ने अहिले
तँ जस्तो नेपालमा कोइँ छैन
तँलाई म यसरी मार्छु
यसरी मार्छु…
तँलाई मार्दा जनताले मलाई समर्थन दिन्छ
किन थाहा छ ?
तँ इतिहासकै कु…
भ्रष्ट हो
तैले गरेको भ्रष्ट***
म तँलाई पछि सम्झाउँछु
मसँग अहिले थोरै समय छ
यती मात्रै भन्न चाहन्छु
अहिले डाइभर्ट गर्ने काम नगर
कोइँ व्यक्तिहरुलाई पक्राउ गरेर
……
प्रदिप अधिकारी लगायत साना साना माछा समातेर
तैले डाइभर्ट गर्ने काम नगर
तँ एक किसिमको भ्रष्टाचारी…
आफ्नो दिन गिन्ती सुरु गर ।

प्रहरी स्रोतका अनुसार अख्तियार प्रमुख प्रेम राईको हत्या गर्ने भनि धम्कीको विषयमा छानबीन जनाएको छ ।
प्रदिप अधिकारी नलिञ्चोकमा मानव बस्तीको बीचमा करिब १४ करोड खर्च गरेर हेलिपोर्ट निर्माण गरेको आरोपमा अख्तियारको थुनामा छन् अहिले ।
यता, अख्तियारले दोस्रो मुद्दाको रुपमा पोखरामा ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल’ निर्माण गर्दा प्रदिप अधिकारीले १८ अर्ब भ्रष्टाचार गरेको आरोपमा आइतबार विशेष अदालतमा मुद्दा दर्ता गर्दैछ ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।