
Ground Zero
November 28, 2026

नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले पार्टीको आगामी १५ औँ महाधिवेशनमा देउवा समूहबाट महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता बस्नेतले पार्टीलाई एकताबद्ध र सुदृढ बनाएर अघि बढाउन आफूले महामन्त्रीमा उम्मेदवारी दिन लागेको बताउनुभयो ।
संगठन बलियो बनाउन सबै नेता तथा कार्यकर्तालाई समेटेर लैजानुपर्नेमा जोड दिँदै उहाँले सबैलाई मिलाएर जाने हैसियतको पार्टी निर्माण गर्न आवश्यक रहेको औँल्याउनुभयो । पछिल्लो समय सदस्यता अद्यावधिकको नाममा पार्टी कब्जा गर्ने र आफ्नो नियन्त्रणमा लैजाने गलत शैली देखिएको भन्दै उहाँले असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।
लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहेर काम गरेको अनुभवका आधारमा आफू महामन्त्री पदमा प्रतिस्पर्धा गर्न पूर्ण रूपमा तयार रहेको नेता बस्नेतले उल्लेख गर्नुभयो ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।