Skip to main content
आइतबार, १३ मंसिर २०८३

निर्वाचन कानुन समयमै नबन्दा चुनौती थपियो : निर्वाचन आयोग

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

November 28, 2026


निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन समयमै निर्माण हुन नसक्दा थप चुनौतीहरू सिर्जना भएको जनाएको छ । शुक्रबार ललितपुरमा आयोजित चौथो पञ्चवर्षीय रणनीतिक योजनाको मध्यावधि मूल्याङ्कन परामर्श छलफलमा आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले एआई, साइबर सुरक्षा र सामाजिक सञ्जालका भ्रामक सूचना नियन्त्रण गर्न कानुनी सुधार आवश्यक रहेको बताउनुभयो

उहाँले २०८४ सालको निर्वाचनको पूर्वतयारी, प्रविधि सुदृढीकरण र संस्थागत क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । देशभरका मतदान केन्द्रको भू–लोकेसन अद्यावधिक भइसकेको जानकारी दिँदै उहाँले स्थानीय तहको समन्वयमा मतदाता शिक्षालाई व्यवस्थित बनाइने बताउनुभयो ।

आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्मको रणनीतिक योजनाको पहिलो दुई वर्षमा २४ प्रतिशत क्रियाकलाप मात्रै पूर्ण कार्यान्वयन भएको आयोगले जनाएको छ । स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचनमार्फत लोकतन्त्र सुदृढ गर्ने लक्ष्यसहित यो योजना तयार पारिएको हो ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।