
Ground Zero
November 28, 2026

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको स्वतन्त्रता र लोकतन्त्र जोगाउन कांग्रेस निरन्तर लागिरहेको बताउनुभएको छ । शनिबार काठमाडौँ क्षेत्र नम्बर ६ कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले तर्साउने, धम्क्याउने वा लाञ्छित गर्ने प्रयासबाट कांग्रेस नडराउने स्पष्ट पार्नुभयो । कांग्रेस डराए देशकै लोकतन्त्र समाप्त हुने उल्लेख गर्दै उहाँले प्रश्न गर्न र बोल्न नछोड्ने अडान व्यक्त गर्नुभयो ।
स्थानीय तहको कार्यकाल सकिएर नयाँ जनप्रतिनिधि छानिनुपर्ने बेला भए पनि सरकारले निर्वाचनको तयारी नगरेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो । संघीय निर्वाचनमा जित हासिल गर्न नसके पनि आगामी स्थानीय तहको निर्वाचनमा जित निकालेर कांग्रेसप्रति जनताको विश्वास कायमै रहेको प्रमाणित गर्नुपर्ने उहाँको भनाइ छ । साथै, आगामी निर्वाचनमा उम्मेदवार छनोटका लागि पार्टीभित्र ‘प्राइमरी प्रोसेस’ लागू गरिने धारणा समेत महामन्त्री पौडेलले राख्नुभयो ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।