Skip to main content
शनिबार, २१ कात्तिक २०८३

राजनीतिक प्रभावमुक्त भएर निष्पक्ष न्याय दिने प्रस्तावित न्यायाधीश जनक पाण्डेको प्रतिबद्धता

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

November 7, 2026


सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश जनक पाण्डेले न्यायालयमा कुनै पनि किसिमको राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

शनिबार सिंहदरबारमा आयोजित संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै पाण्डेले न्यायाधीशले राजनीतिक पूर्वाग्रहबाट मुक्त भई, ‘राजनीतिक चप्पल बाहिरै खोलेर’ निष्पक्ष रूपमा न्याय सम्पादन गर्नुपर्ने बताउनुभयो।

उहाँले पञ्चवर्षीय योजनामार्फत फैसला लेखन र न्यायको गुणस्तरमा व्यापक सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो। अदालतको अनुसन्धान, मिसिल जाँच र पुरानै ढर्राको कार्यशैली परिमार्जन गर्दै तल्लो तहदेखि माथिल्लो तहसम्मै न्याय प्रणाली सुधार गर्नुपर्ने उहाँको भनाइ थियो।

विगतमा कसैको प्रभाव वा दबाबमा परेर फैसला नगरेको स्पष्ट पार्दै पाण्डेले आगामी दिनमा मुद्दा व्यवस्थापन, समयबद्ध फैसला लेखन र संस्थागत सुधारका कामलाई प्राथमिकतातर्फ लैजाने प्रतिबद्धता जनाउनुभयो।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।