
Ground Zero
November 5, 2026

नेकपा एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले इनम सापकोटा मोबाइल प्रकरणमा सत्ताको चरम दुरुपयोग भएको आरोप लगाउनुभएको छ। सिंहदरबारमा बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्यालले प्रहरी अनुसन्धानमा रहेको व्यक्तिको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीका सल्लाहकारको निवासमा रहनु गम्भीर विषय भएको बताउनुभयो।
उहाँले मोबाइलबाट म्यासेज डिलिट गरिनु र स्क्यान गरिनुले प्रमाण नष्ट हुने आशङ्का उत्पन्न गराएको भन्दै यसमा जोडिएका व्यक्तिहरूमाथि छानबिन हुनुपर्ने माग गर्नुभयो। सुशासनको नारा दिने सरकारले यसको कानुनी र नैतिक जवाफ दिनुपर्ने उहाँको भनाइ छ।
उहाले नेपाल प्रहरी कुनै दल वा व्यक्तिको नभई राज्यको व्यावसायिक संस्था भएकाले यसमाथिको राजनीतिक हस्तक्षेपले शान्ति-सुरक्षा कमजोर बनाउने चेतावनी दिनुभयो। वर्तमान सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेकाले यस घटना र सरकारी कामकारबाहीको पूर्ण जवाफदेहीता पनि रास्वपाले नै लिनुपर्ने उहाँले तर्क गर्नुभयो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।