Skip to main content
मंगलबार, १७ कात्तिक २०८३

विविधतायुक्त समावेशिताले मात्र राष्ट्रिय एकता बलियो हुन्छ: प्रदेश प्रमुख खापुङ

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

November 3, 2026


कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुलुकको विविधतायुक्त समावेशितालाई आत्मसात गरे मात्र राष्ट्रिय एकता सुदृढ हुने बताउनुभएको छ। मंगलबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आदिवासी जनजाति आयोगको सातौँ वार्षिक प्रतिवेदन ग्रहण गर्दै उहाँले सो कुरा बताउनुभएको हो।

प्रदेश प्रमुख खापुङले सबै जातजाति र समुदायको समान एवं एकीकृत विकासबाट मात्र राष्ट्रिय एकता मजबुत हुने धारणा राख्नुभयो। सबै जातजातिको भाषा, संस्कृति, भेषभूषा, संस्कार र रहनसहन मुलुकको साझा सम्पत्ति भएकाले यसको संरक्षण गर्नु राज्यको प्रमुख दायित्व भएको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा नेपालको संविधानको धारा २९४ को उपदफा ३ बमोजिम आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले आयोगको सातौँ प्रतिवेदन प्रदेश प्रमुखसमक्ष हस्तान्तरण गर्नुभयो। प्रतिवेदन बुझाउँदै अध्यक्ष थापामगरले आयोगले सिफारिस गरेका २० बुँदे सुझावहरू तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभयो।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।