
Ground Zero
November 3, 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले, माओवादी घटकलगायत सम्पूर्ण कम्युनिस्टहरूलाई एकतामा आउन आह्वान गर्नुभएको छ। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा उमा भुजेल नेतृत्वको नेकपासँगको एकता सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले पूर्वाग्रह र संकीर्णता त्यागेर देश तथा राष्ट्रको मुक्तिका लागि क्रान्तिकारीहरू एकजुट हुनुपर्ने बताउनुभयो।
देश असाधारण संकटमा रहेको बेला विवेकहीन र अराजक प्रवृत्तिका विरुद्ध विचार र सिद्धान्तको राजनीति गर्नेहरूले साझा मोर्चा बनाउनुपर्ने उहाँको भनाइ थियो। पार्टी एकता र आन्दोलनलाई अघि बढाउन व्यक्तिगत महत्त्वाकांक्षा पन्छाएर निस्वार्थ रूपमा लाग्न उहाँले जोड दिनुभयो।
कार्यक्रममा १० बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै नेकपामा एकताबद्ध हुनुभएकी उमा भुजेलले माओवादी घटकहरू एक हुनुको विकल्प नरहेको स्पष्ट पार्नुभयो। सो सहमति पत्रमा संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र महासचिव उमा भुजेलले हस्ताक्षर गर्नुभएको थियो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।