
Ground Zero
October 29, 2026

नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सबै अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीलाई तत्काल योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गरी पेसागत निरन्तरता सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युनियनले राहत, करार, बालविकास शिक्षक र विद्यालय कर्मचारीहरूलाई श्रम कानुनअनुसार बिदा, उपचार सुविधा, उपदान तथा समान कामको आधारमा न्यायोचित व्यवहार गर्न आग्रह गरेको हो
युनियनका अध्यक्ष विष्णु खत्रीले लामो समयदेखि सेवारत कर्मचारीको अनुभवलाई कदर गर्दै कानुन संशोधन गरी खुला प्रतिस्पर्धाका लागि उमेर हद हटाउनुपर्ने बताउनुभयो। साथै, शिक्षाको अधिकार स्थानीय तहमा दिँदा सामुदायिक शिक्षाको गुणस्तर खस्किएको बताउँदै उहाँले माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो।
युनियनले संघीय शिक्षा ऐन संशोधन गरी दीर्घकालीन नीति लागू गर्न र ट्रेड युनियन अधिकार सुनिश्चित गर्नसमेत जोड दिएको छ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।