
Ground Zero
October 29, 2026

सरकारले कोप-३१ मा पर्वत (हिमाल) लाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै नेपाल र भुटानका तर्फबाट संयुक्त रूपमा औपचारिक प्रस्तुति गर्ने भएको छ। काठमाडौंमा आयोजित राष्ट्रिय जलवायु सम्मेलनमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यस कदमले जलवायु न्यायको लडाइँमा पर्वतीय क्षेत्रको आवाजलाई थप बलियो बनाउने बताउनुभयो।
हिमाल जोगाउनु तल्लो तटीय क्षेत्रका अर्बौँ मानिसको जीवन जोगाउनुसरह भएको उल्लेख गर्दै मन्त्री चौधरीले कोप-३१ का लागि समावेशी ‘कन्ट्री पोजिसन पेपर’ तयार पारिएको जानकारी दिनुभयो। साथै, नेपालका अनुभवहरू प्रदर्शन गर्न आफ्नै पेभेलियन राखिनेछ।
जलवायु अनुकूलनको कार्य सिंहदरबारबाट मात्र नभई वडा र समुदायस्तरबाटै सुरु हुनुपर्नेमा जोड दिँदै उहाँले संघ, प्रदेश र स्थानीय तह मिलेर अघि बढ्नुपर्ने बताउनुभयो। नेपालको मुख्य अडान जलवायु न्याय, पर्वतीय एजेन्डा, अनुकूलन, वित्तमा सहज पहुँच र हानि-नोक्सानी कोषको प्रभावकारी परिचालनमा रहेको तथा बढी उत्सर्जन गर्ने राष्ट्रहरूले आफ्नो जिम्मेवारी लिनुपर्ने उहाँको भनाइ छ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।