
Ground Zero
October 29, 2026

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर भएको जनाएको छ। हाल यो चक्रवात कमजोर भई ‘बलियो न्यून चापीय क्षेत्र’ मा परिणत भएकाले नेपालमा शक्तिशाली चक्रवात हुँदा जस्तो डरलाग्दो हावाहुरी चल्ने सम्भावना नरहेको विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो
यसको प्रभावस्वरुप बिहीबारदेखि शनिसम्म देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षाको सम्भावना छ। साथै, बिहीबार बेलुकादेखि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात सुरु हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जोखिमयुक्त, पहिरो जाने र कच्ची सडकमा विशेष सावधानी अपनाएर मात्र यात्रा गर्नुपर्ने भए पनि मुख्य राजमार्गहरूमा भने डराउनुपर्ने स्थिति नरहेको विभागले स्पष्ट पारेको छ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।