
Ground Zero
October 15, 2026

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतगणना बिहीबार रातीसम्म सकिने भएको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सबै पदको अन्तिम मतपरिणाम बिहीबार रातीसम्म सार्वजनिक भइसक्नेछ। अघिल्लो महाधिवेशनको तुलनामा यसपटक मतगणना निकै दु्रत गतिमा सम्पन्न भएको उहाँले जानकारी दिनुभयो।
महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा निर्वाचित भइसक्नुभएको छ। त्यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित हुनुभएको छ। खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य तथा समावेशी उपसभापतिमा विनोदकुमार चौधरी विजयी हुनुभएको छ।
यसैगरी, खुला महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर राणा तथा महिला महामन्त्रीमा डिला संग्रौला निर्वाचित हुनुभएको छ। दलित, खुला, महिला, मुस्लिम सहमहामन्त्री, नेपाल जनसम्पर्क समिति तथा विभिन्न पेशागत समूहहरूको नतिजा आइसकेको छ। हाल केही क्लस्टरका महामन्त्री र केन्द्रीय सदस्यहरूको मतगणना अन्तिम चरणमा रहेको छ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।