Skip to main content
सोमबार, २६ असोज २०८३

आर्थिक कूटनीति र पर्यटन प्रवर्द्धनमा केन्द्रित हुने प्रस्तावित राजदूत पाण्डेको प्रतिबद्धता

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 12, 2026


भारतका लागि प्रस्तावित राजदूत डा. निश्चल नाथ पाण्डेले परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा बदलेर नेपालमा लगानी र प्रविधि भित्र्याउन आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्ना कार्ययोजना प्रस्तुत गर्दै डा. पाण्डेले भारतीय पर्यटक बढाउन र भारतीय कर्मचारीहरू लक्षित विशेष योजना ल्याउनुपर्ने बताउनुभयो। साथै, नयाँ दिल्ली, वाराणसी, बेंगलोर लगायतका शहरहरूसँगै कलकत्तासँग पनि नियमित उडानका लागि प्रयास गर्ने उहाँको भनाइ थियो।

उहाँले सीमा सुरक्षामा प्रविधि तथा ड्रोनको प्रयोग बढाएर ‘स्मार्ट बोर्डर’ अवधारणा लागू गर्नुपर्नेमा जोड दिनुभयो। भारतसँगको व्यापार घाटा कम गर्न सहज विद्युत् व्यापार मुख्य माध्यम बन्ने उहाँले उल्लेख गर्नुभयो।

नेपालको राजदूतका रूपमा आफ्ना सबै काम र चिन्तन नेपाल सरकारको नीति-निर्देशन र प्राथमिकतामा नै केन्द्रित रहने उहाँले स्पष्ट पार्नुभयो।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।