Skip to main content
सोमबार, २६ असोज २०८३

एमालेविरुद्धको घेराबन्दी अझै जारी छ: केपी शर्मा ओली

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 12, 2026


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन नजिकिँदै गर्दा एमालेविरुद्धको घेराबन्दी अझै जारी रहेको बताउनुभएको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराउँदै अध्यक्ष ओलीले विगतदेखि नै पार्टीविरुद्ध पटक-पटक घेराबन्दीको प्रयास भइरहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले राष्ट्रियता, स्वाधीनता र लोकतन्त्र कमजोर बनेको अवस्थामा तिनको पुनरुत्थान अनिवार्य सर्त रहेको बताउनुभयो। राष्ट्रियताको पक्षमा उभिँदा दमन भए आन्दोलन र प्रतिवादमा उत्रिने चेतावनी दिँदै उहाँले पार्टीलाई सशक्त रूपमा अघि बढाउन आन्तरिक विरोध र असहमतिमा नअल्झिन नेता-कार्यकर्तालाई आग्रह गर्नुभयो।

‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्ने तथा सत्य र समानताको बाटोमा हिँड्ने उद्देश्य बोकेको पार्टी एमाले भएकाले साना-मसिना गलत कुरा छाडेर मूल लक्ष्यमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।