Skip to main content
सोमबार, २६ असोज २०८३

बूढीगण्डकी थुनिएपछि गोरखामा बाढी: घर र पुल बगायो

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 11, 2026


गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोकपा र चुम्लिङको बीचमा ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले व्यापक क्षति पुर्‍याएको छ। बाढीले चुमनुब्री र धार्चे गाउँपालिकाका म्याकफेदी, सल्ढेंगे तथा माथिल्लो बजार क्षेत्रमा केही घर र दुईवटा झोलुंगे पुल बगाएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बिहानैदेखि स्थानीयलाई सतर्क गराएर सुरक्षित स्थानमा सारिएकाले कुनै मानवीय क्षति हुन पाएको छैन। बाढीको जोखिम आरुघाट बजारसम्म रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सजग रहन प्रहरीले आग्रह गरेको छ।

यसैबीच गृहमन्त्री सुदन गुरूङले बूढीगण्डकीको बहाब बढिरहेकाले उद्धार, राहत र स्थानान्तरणका लागि प्रहरी तथा हेलिकप्टर परिचालन गरिएको जानकारी दिनुभएको छ। प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।