Skip to main content
मंगलबार, १३ असोज २०८३

बलान विहुल गाउँपालिकामा १ करोड १८ लाखको अनियमितता

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

September 29, 2026



सप्तरीको बलान विहुल गाउँपालिकामा १ करोड १८ लाख ५७ हजार १ सय ५७ रुपैयाँ अनियमितता भएको छ भने प्रमाण तथा कागजात नै पेस नगरी १ करोड ८२ लाख ८१ हजार ६ सय ९४ रुपैयाँ खर्च गरिएको तथ्य बाहिर आएको छ

महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार अघिल्लो वर्षको ४२ करोड २३ लाख ९१ हजार १ सय ७९ रुपैयाँ बेरुजुमा यस वर्षको ३ करोड ४१ लाख ८३ हजार ८ सय ३८ रुपैयाँ थपिएर कुल बाँकी बेरुजु ४५ करोड ६५ लाख ७५ हजार १७ रुपैयाँ पुगेको छ।

गाउँपालिकाको १ अर्ब २ करोड ७० लाख रुपैयाँको कुल आय-व्यय परीक्षण गर्दा कानुन र प्रक्रियाको धज्जी उडाएको पाइएको छ। स्वीकृत दरबन्दीलाई नजरअन्दाज गर्दै वडाध्यक्षहरूसँगै गैरकानुनी सम्झौता गराएर दैनिक तथा मासिक ज्यालादारी कर्मचारी भर्ना गरी ५९ लाख ६३ हजार रुपैयाँ बाँडिएको छ।

गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले नेपाल सरकारको पूर्वस्वीकृति नै नलिई थाइल्यान्ड, भियतनाम, सिङ्गापुर र मलेसिया भ्रमण गरेर ३ लाख १६ हजार रुपैयाँभन्दा बढी भ्रमण भत्ता बुझेका छन्।

त्यस्तै, ऐनमा व्यवस्था नभए पनि जनप्रतिनिधि र कर्मचारीका लागि ओप्पो, आइप्याडसहित दर्जनौँ मोबाइल खरिदमा ५ लाख ५१ हजार रुपैयाँ खर्च गरिएको छ। नियम मिचेर एकमात्र प्रस्तावनाका आधारमा अध्यक्ष कप फुटबल तथा क्रिकेट प्रतियोगिताका नाममा १२ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरिएको छ, जसको खाजा-खानाको कुनै स्पष्ट प्रमाण छैन।

ऐनले छुट नदिए पनि अध्यक्षका लागि गैरकानुनी रूपमा दुई जना स्वकीय सचिव र दुई जना कानुनी सल्लाहकार राखेर १० लाख ९९ लाख रुपैयाँ पारिश्रमिक बाँडिएको छ। शीर्षक परिवर्तन गरी स्वयम्सेविका भत्ताबाट १९ लाख ९५ हजार रुपैयाँ अन्तै खर्च गरिएको छ भने सशस्त्र प्रहरीका भवन निर्माणमा ६ लाख ७७ हजार रुपैयाँ बजेट दुरुपयोग गरिएको छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।