Skip to main content
बुधबार, ३१ भदौ २०८३

उद्धारमा ढिलासुस्ती

Ground Zero

September 15, 2026


श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले रसुवाको भोटेकोशी बाढीपछि सरकारले खोज, उद्धार र राहतमा प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा बोल्दै उनले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा पर्याप्त सुरक्षाकर्मी र विज्ञ परिचालन नभएको बताए। हाकुबेसीस्थित सुरुङमा करिब ३०० जना बेपत्ता हुँदा जम्मा २० जना उद्धारकर्मी मात्रै खटाइएको तथा चिलिमे हाइड्रोपावर क्षेत्रमा पनि ६ देखि ८ जना बेपत्ता रहेको उनले जानकारी दिए।

सरकारको कमजोरीका कारण बचाउन सकिने नागरिकको समेत अकालमा ज्यान गएको दाबी गर्दै उनले खोज र राहत कार्यलाई तत्काल थप प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका छन्।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।