
Ground Zero
March 22, 2024

पोखरा अन्तरााष्ट्रिय विमानस्थलमा सिधा उडान गना चीनले प्रततबद्धता जनाएको छ। ‘छेन्दु र कुनमिंगबाट यसअघि नै पोखराका लागि चार्टर्ड उडान भइसकेका छन्। थप सिधा उडान गर्न चीन सधैँ प्रततबद्ध छ’, काठमाडौंस्थित चिनियाँ दूतावास प्रवक्ताको कार्यालयले भनेको छ।
तर ती उडान व्यवसायिक हुनेछन् वा चार्टर्ड उडान गरिने हो केही खुलाइएको छैन।
केही देशले नेपालको पर्यटन र उड्डयनको विकास भन्दा पोखरामा अन्तर्राष्ट्रिय उडान अवरोध गर्दै आएको चीनको बुझाइ छ। निर्माण सम्पन्न भएर नेपाललाई हस्तान्तरण गरेको १ वर्ष ३ महिना बितिसक्दा पनि हालसम्म पोखराबाट व्यवसायिक अन्तर्राष्ट्रिय उडान भएका छैनन्। यो बीचमा पाँच वटा चार्टड उडान मात्र भएका थिए। पाँच मध्ये २ उडान चिनियाँ जनमुक्ति सेनाले गरेको थियो।
‘पोखरा अन्तर्राष्टिय विमानस्थल चीन—नेपाल सहकार्यको एक महत्वपूर्ण परियोजना हो’, चिनियाँ दूतावासले भनेको छ, ‘यसलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा नेपालले स्वागत गरेको छ।’ चीनले अरु देशको विकासमा सहयोग गर्दा केही शक्तिहरुले तथाकथित डेप्ट ट्र्याप्ट भाष्यको जालो बुनेको दूतावासको भनाइ छ।
Chinese Embassy Spokesperson's Statement on
— Spokesperson Of Chinese Embassy In Nepal (@PRCSpoxNepal) March 18, 2024
Pokhara International Airport pic.twitter.com/iGBsc0MRYT
एक जना डिजिटल पत्रकारले सोधेको प्रश्नको जवाफ भन्दै दूतावासले यस्तो धारणा सार्वजनिक गरेको हो। प्रश्न सोध्ने पत्रकार को हुन् र कुन मिडियासँग आबद्ध हुन् भन्ने चाहिँ खुलाइएको छैन।
चीनको एक्जिम बैंकको ऋणमा निर्माण भएको पोखरा विमानस्थल निर्माण क्रममा ठूलो भ्रस्टाचार गरी कमअसल पूर्वाधार निर्माण गरिएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गरिरहेको छ। पोखराबाट उडानका लागि भारतले अनुमति दिएको छैन। चिनियाँ सहरहरुबाट पनि व्यवसायिक उडान नभइरहँदा चीनले आफ्नो धारणा सार्वजनिक गरेको हो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।