Skip to main content
मंगलबार, १७ कात्तिक २०८३

मन्त्रिपरिषद्का प्रमुख निर्णयहरू: अध्यादेश सिफारिसदेखि एडीबीको ऋण स्वीकारसम्म

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

November 3, 2026


सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिल ऐन, २०४८ लगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले एसियाली विकास बैंकबाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र २० मिलियन डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

त्यसैगरी, नेपाल पुनर्बिमा कम्पनीमा सरकारको थप हकप्रद सेयर लगानी गर्न सहमति प्रदान गर्नुका साथै ‘मल नियन्त्रण आदेश, २०८३’ स्वीकृत गरिएको छ। बैठकले टर्कीमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘कोप–३१’ सम्मेलनमा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ।

पत्रकार धरपकडबारे बोल्दै प्रवक्ता पोखरेलले सरकारलाई पूर्वजानकारी नभएको र प्रधानमन्त्रीको निर्देशनसँगै रिहाइ भइसकेको स्पष्ट पार्नुभयो। उहाँले संवेदनशील सूचना चुहावटबारे केवल सोधपुछका लागि मात्र बोलाइएको र गैरकानूनी पाइएमा थप कारबाही हुने बताउनुभयो।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।