
Ground Zero
October 14, 2026

संसदीय सुनुवाइ समितिले मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलबारे थप अध्ययन गर्ने भएको छ। बुधबार बसेको समिति बैठकमा खरेलमाथि आर्थिक चलखेललगायतका गम्भीर प्रश्न उठेपछि थप अध्ययन गरेर मात्र सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो।
बैठकमा रास्वपाका कविन्द्र बुर्लाकोटी, माओवादीका वर्षमान पुन र एमालेकी पद्मा अर्याललगायत सांसदहरूले तथ्यहरू सार्वजनिक भएकाले थप छानबिन र छलफल आवश्यक रहेको बताउनुभयो। सांसदहरूको मागपछि समिति सभापति बोध नारायण श्रेष्ठले थप अध्ययनपश्चात् मात्र आवश्यक प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो।
यता, प्रस्तावित राजदूत खरेलले भने आफूमाथि लागेका सम्पूर्ण आरोप निराधार रहेको दाबी गर्नुभएको छ। अनुदान मिलाइदिने भन्दै रकम नलिएको स्पष्ट पार्दै उहाँले आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।