Skip to main content
शुक्रबार, ०६ कात्तिक २०८३

अन्ततः अख्तियारको कठघरामा प्रदीप अधिकारी

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

March 14, 2024


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्रममा भएको भ्रस्टाचारको छानवीन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग बिहीबार बयान लिएको छ।
अधिकारीसँग बिहान १०ः२५ बजेदेखि लगातार ४ घण्टासम्म बयान लिएको हो।
ग्राउन्ड जिरोले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्रममा भएको अनियमितताको निरन्तर खोजी रिपोर्टिङ गर्दै आएको छ। यही सन्दर्भमा अख्तियारले बिहीबार अधिकारीसँग बयान लिएको हो। स्रोतका अनुसार अख्तियारको ६ नम्बर पिलरमा उनको बयान लिइएको हो। उनको पूरा भएकै छैन। फेरि उनलाई बयानका लागि बोलाइएको छ।
यसअघि महानिर्देशक अधिकारीलाई पत्राचार गरी पोखरा विमानस्थलको फाइलहरु, निर्णय, चीन–नेपालबीच भएको सम्झौतपत्र, बिल तथा भौचरहरु मागेको थियो। अख्तियारले धावनमार्ग निर्माण भएको ठाउँको माटोको ल्याब परीक्षण रिपोर्ट, डिजाइन तथा ड्रोइङका प्रमाणित कपी मागेको थियो।
अख्तियार स्रोतका अनुसार अनुसन्धानमा उनले असहयोग गर्दै आएका थिए।
करिब १५ अर्ब भ्रस्टाचार भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा अधिकारी प्रमुख थिए। अख्तियार छानवीनको केन्द्रमा उनी छन्।
अख्तियारका प्रमुख आयुक्त प्रेम राईको आफ्नै निगरानीमा यो प्रकरण अनुसन्धान भइरहेको छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।