Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

बिहिबार, २७ भदौ २०८१

त्यो एक करोड ठग्नेहरू को को हुन्?

Ground Zero

February 7, 2024

धेरै नेपालीको श्रम गन्तव्य यतिबेला युरोपका देशहरु बनिरहेका छन्। पश्चिम युरोपको तुलनामा गरिब मानिने पूर्वी युरोपका देशहरुमा मेनपावरले नेपालीलाई पठाइरहेका हुन्। मेनपावर मात्र हाेइन कामका लागि युरोप पठाउनेमा एजुकेसन कन्सल्ट्यान्सीहरू पनि देखिएका छन्।

नेपाल प्रहरीको अनुसन्धानअनुसार युरोप पठाइदिन्छु भन्नेहरुले पुस महिनामा जम्मागरी करिब १ करोड रुपैयाँ ठगी गरेका छन्। दलालहरूको ठग्ने तरिका कस्तो छ त?

२ लाख तलब र स्थायी बसोबास मुख्य हतियार

युरोप पठाइदिन्छु भन्नेहरुले पहिला खाडी मुलुक पठाइदिन्छु भन्ने शैली नै अपनाइरहेको प्रहरी निचोड छ। ठगीको आरोपमा पक्राउ गरी प्रहरीले गरेको अनुसन्धानबाट देखिएका विवरणहरु पढेर युरोप जाने प्रक्रियामा ठगिनबाट जोगिनोस्।

१. सबैभन्दा पहिला दलालले युरोपको साइप्रस, माल्टा, पोल्याण्ड वा अरु यस्तै देशहरुमा रोजगारीको राम्रो अवसर भएको आश्वसन दिन्छन्। राम्रो पैसा कमाइ हुन्छ भनेर ब्रेन वास गर्दिन्छन्।

२. जापान जान खोज्नेलाई युरोप राम्रो छ भन्ने अथवा साइप्रस जाँदा ढिलो हुन्छ, माल्टा जानुहोस् भन्ने पाराले पनि कुराकानी गर्न सक्छन्।

३. अध्ययनको हकमा आईपास छ भने बीए पढेकाले मात्र पाउने हो म मिलाइदिन्छु भन्ने तरिकाले ठगी गरिएका घटनाले देखाएको छ, सावधान रहनोस्।

सजिलैसँग माल्टा वा युरोपका अरु देशमा जागिर पाइने होइन। युरोपियन युनियन मुलुकका कामदारहरुले कुनै काम गर्न नसक्ने वा नगर्ने अवस्थामा मात्र तेस्रो मुलुकका दक्ष कामदारहरु माग गर्ने हुन्।

४. ठगहरुले सुरुको कुराकानीमा तपाईंलाई तलब राम्रो हुने बताउँछन्। माल्टा, साइप्रसममा २ लाख १५ हजार अर्थात् १ हजार ५ सय युरोसम्म तलब हुने बताउन सक्छन्। राम्रो तलब बाहेक युरोपमा स्थायी बसोबास गर्न पाउने प्रलोभन देखाउन सक्छन्।

५. दलालले एक चरणमा ब्रेनवास गरिसकेपछि दोस्रो चरणामा मेनपावर वा एजुकेसन कन्सल्ट्यान्सीको बोर्ड झुन्ड्याइएका ठाउँमा पुर्याउन सक्छन्। त्यहाँ तपाईँसँग अफर लेटरको कुरा गरेर पैसा असुलिन्छ। सावधान रहनुहोस् पैसा असुलेको रसिद दिइँदैनन् तर पासपोर्ट राखिन्छ।

६. दोस्रो पटक अफर लेटरको कुरा गरिन्छ र पैसा मागिनेछ, दलाल र मेनपावर दुवैतर्फबाट पैसा असुलेपछि दलाल फरार हुन्छन्। सावधान रहनोस्।

७. पछिल्लो समय युरोप जाने अवसर शैलीका विज्ञापन फेसबुकमा पनि प्रशस्त देखिन्छन्। ती विज्ञापनलाइ विश्वास गरेर पैसा नडुबाउनोस्।

सावधान रहनोस्

ठगी घटनाका विवरण केलाउँदा माल्टा पठाइदिन्छु भन्नेहरुले धेरै ठगी गरेको देखिएको छ। दलालहरूले भनेजस्तो सजिलैसँग माल्टा वा युरोपका अरु देशमा जागिर पाइने होइन। युरोपियन युनियन मुलुकका कामदारहरुले कुनै काम गर्न नसक्ने वा नगर्ने अवस्थामा मात्र तेस्रो मुलुकका दक्ष कामदारहरु माग गर्ने हुन्। नेपाली कामदार जर्मनी लैजान दुवै सरकारबीच अहिले भइरहेको सम्वाद त्यसैका लागि हो। र, युरोप पुग्नासाथ कानुनी रूपमा स्थायी बसोबासको कागजात पाइने पनि हैन। अधिकांश इयुका देशहरुमा त्यहाँका नागरिकका आफन्तबाहेक अन्यत्रका नागरिकलाई स्थायी बसोबासको व्यवस्था छैन।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।