
Ground Zero
October 13, 2026

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३ औँ महासभामा सहभागी भई मंगलबार दिउँसो स्वदेश फर्कनुभएको छ। तान्जानियामा आयोजित महासभामा सभामुख अर्याल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको हो।
भ्रमणबारे जानकारी दिँदै संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले नेपालले प्रस्तुत गरेको जलवायु विपद् सम्बोधन र हिमाली क्षेत्रको उत्थानशीलता सम्बन्धी इमर्जेन्सी प्रस्ताव दुईतिहाइ मतले पारित भई छलफल भएको बताउनुभयो। नेपालको संसदीय इतिहासमा यो पहिलो ऐतिहासिक सफलता भएको उहाँको भनाइ छ।
भ्रमणका क्रममा युवा नेतृत्व, संसदीय सहभागिता र दिगो विकासबारे अन्तर्राष्ट्रिय विचार आदानप्रदान हुनुका साथै अष्ट्रेलिया, बेलायत, चीन, भुटान र युएई लगायतका संसदीय प्रतिनिधिमण्डलहरूसँग द्विपक्षीय तथा साइडलाइन छलफल समेत भएको थियो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।