Skip to main content
मंगलबार, २७ असोज २०८३

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुने रास्वपाको स्पष्टोक्ति

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 13, 2026


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले अडियो प्रकरणमा दोषी पाइए सांसद खगेन्द्र सुनारमाथि नियमानुसार कारबाही हुने स्पष्ट पार्नुभएको छ।

मंगलबार काठमाडौँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बुर्लाकोटीले उक्त प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगले छानबिन सुरु गरिसकेको जानकारी दिनुभयो। बाहिर आएका प्रमाण र अडियोको सत्यतथ्य पत्ता लगाउन छानबिन भइरहेको र प्रक्रिया नटुङ्गिएसम्म सुनारलाई कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको उहाँले बताउनुभयो।

अडियो प्रकरणमा राज्यका कानुन आकर्षित भएमा सरकारी निकायहरूले गर्ने अनुसन्धानमा पार्टीको पूर्ण सहयोग रहने प्रतिबद्धता बुर्लाकोटीले जनाउनुभयो। आयोगको छानबिनमा गल्ती नदेखिए केही नहुने तर दोषी ठहरिएमा कडा कारबाही गरिने उहाँको भनाइ छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।