Skip to main content
मंगलबार, २७ असोज २०८३

नेपाल-ओमान सम्बन्ध थप सुदृढ बनाउने प्रस्तावित राजदूत पदमाक्षी राणाको प्रतिबद्धता

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 13, 2026


ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र ओमानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

मंगलबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै राणाले नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धन गर्दै दुई देशबीचको सहकार्य अझ मजबुत बनाउने बताउनुभयो। उहाँले बलियो जनस्तरको सम्बन्धलाई विस्तार गर्दै साझा समृद्धिका लागि व्यावहारिक सहकार्य गर्नु आफ्नो मुख्य लक्ष्य रहेको धारणा राख्नुभयो।

नेपाल र ओमानबीचको श्रम गतिशीलतालाई निरन्तरता दिँदै थप सुदृढ बनाइने उहाँको भनाइ छ। यसैगरी व्यापार तथा लगानी प्रवर्द्धनका लागि सम्भावित साझेदारहरू पहिचान गरी बजार सहजीकरण गर्ने उल्लेख गर्दै उहाँले स्पष्ट लक्ष्य र मापनयोग्य उपलब्धिका साथ काम गर्ने स्पष्ट पार्नुभयो।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।