
Ground Zero
October 13, 2026

नेकपा एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार जोडिएको अडियो प्रकरणप्रति गम्भीर आपत्ति जनाउँदै संसदीय छानबिनको माग गर्नुभएको छ ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्यालले यो विषय सम्बन्धित राजनीतिक दलको मात्र नभई संसदकै दायराभित्र पर्ने भएकाले संसदबाटै गम्भीरतापूर्वक छानबिन हुनुपर्ने बताउनुभयो ।
छानबिनका क्रममा दोषी ठहरिएमा कानुन अनुसार कडाभन्दा कडा कारबाही गरिनुपर्ने उहाँको भनाइ छ । सार्वजनिक पदमा रहेका व्यक्तिहरू निश्चित मर्यादा, आचरण र जवाफदेहिताभित्र रहेर जनताको सेवकका रूपमा प्रस्तुत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
साथै, पद र शक्तिको दुरुपयोग गरेर अरूमाथि अवाञ्छित गतिविधि गर्ने छुट कसैलाई पनि नभएको अर्यालले स्पष्ट पार्नुभयो ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।