Dec 7, 2025
ग्राउण्ड जिरोको खुलासापछि : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचारमा अख्तियार विशेष अदालत पुगेपछि देश हल्लियो
ग्राउण्ड जिरोको खुलासा पछि देशकै चर्चित ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोग अन्ततः विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । आठ अर्ब सैंतीस करोड बिगो कायम गर्दै अख्तियारले आइतबार ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिसकेको छ—जसमध्ये पाँच पूर्वमन्त्री, १० पूर्वसचिव र नागरिक उड्डयन प्राधिकरणका दुई उच्च अधिकारीसमेत छन् । नेपालको ‘राष्ट्रिय गौरवको आयोजना’ भनेर घोषणा गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जसलाई दशकौँसम्म सपनाको नाममा चलाइयो—त्यही आयोजना आज देशकै सबैभन्दा ठूलो नीतिगत, वित्तीय र प्रशासनिक भ्रष्टाचारको केन्द्रबिन्दु बनेको छ। यही भ्रष्टाचा…