Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

सोमबार, ०७ साउन २०८१

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचारमा चीन तानिने

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा १५ अर्ब भन्दा बढीको घोटाला भएको छ । विमानस्थल सञ्चालनमा आएको १८ महिना १६ दिन भइसक्यो । विमानस्थलबाट न अन्तर्राष्ट्रिय उडान हुनसकेका छन् । न त अनुसन्धान गर्ने निकायले तिव्रताका साथ आफ्नो काम अगाडी बढाई रहेका छन् ।अर्को तर्फ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई चीनका कुटनीतिज्ञको अभिव्यक्तिले भूराजनीतिक टकराव बढाइयो । जसले गर्दा पोखराबाट भारतका सहरमा पनि उडान हुन सकेको छैन । आखिर भारत र चीन कसका कारणले पोखरा क्षेत्रीय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेका छैन ? विमानस्थल निर्माणको क्रममा भएको घोटालामा कसको कति हात रहेको छ । यही...

Continue reading

नलिञ्नचोकबाट हेलिकोप्टर उडाउन प्राधिकरणले जर्बस्ती गरे ‘हेलिकोप्टर दुर्घटना’ हुने : क्याप्टेनहरु

भक्तपुरको नलिञ्चोकमा जर्बस्ती निर्माण गरिएको हेलिप्याड व्यावसायिक रुपमा सञ्चालनमा आएको ९ दिन पछि बन्द गर्ने चेतावनी क्याप्टेनहरुले दिएका छन् । देश भरिका ४७ जना हेलिकोप्टरका क्याप्टेनहरुले सो हेलिप्याड सुरक्षित नरहेको भन्दै यहाँबाट टेकअफ र ल्याण्डिङ गर्दा जति बेला पनि हेलिकोप्टर दुर्घटना हुन सक्ने चेतावनी सहितको ७ बुँदे पत्र नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता गराएका छन् । साथै उनीहरुले आफुहरुलाई प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले जर्बजस्ती हेलिकोप्टर नलिञ्चोकबाटै उडाउन दवाव दिरहेको दावी गर्दै भोलीको दिनमा कुनै दुर्घटना भए प्रदिप अधिकारीले जिम्मेवारी लिनु पर्ने तर्क गरेका छन् ।क्याप्टेनहरुको...

Continue reading

नलिञ्चोकमा तीन करोडको हेलिप्याडलाई १३ करोड ५१ लाख

भक्तपुरको सूर्यविनायक–१० स्थित नलिञ्चोकमा निर्माणाधीन हेलिप्याड निर्माणको क्रममा १० करोड रुपैयाँ भ्रष्टाचार भएको छ । भ्रष्टाचार गर्ने अरु कोही होइन । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी हुन् । हेलिप्याड बनाउनै नहुने ठाउँमा पहिलो चरणमा १३ करोड ५१ लाख रुपैयाँ खर्चेर भ्रष्टाचार गरेको तथ्यहरु फेला परेको छ ।तथ्यहरुसँगै जब निर्माणाधीन हेलिप्याड रहेको ठाउँ नलिञ्चोक पुग्यौं, त्यसपछि स्थानीयले आफुहरुलाई झुक्याएर बस्तीको बीचमा हेलिप्याड निर्माण गरिरहेको र सुरक्षाको दृष्टिले पनि चुनौतिपूर्ण रहेको बताए ।स्थानीयले आफुहरुसँग २०३२ सालमा सरकारले ‘जहाज लोकेटर’को लागि जग्गा...

Continue reading

महानिर्देशक अधिकारीको मसिनेचौर विमानस्थल कनेक्सन

डोल्पामा सर्वसाधारण नागरिकले कौडिको भाउमा जग्गा दिए, नेपाल नागरिक उड्डयन प्राधिकरणलाई मसिनेचौर विमानस्थल निर्माण गर्नका लागि ।मसिनेचौर विमानस्थल करोडौं लागतमा निर्माण पनि भयो । तर, निर्माण भएको ३ वर्ष बितिसक्दा पनि परिक्षण उडान समेत हुन सकेको छैन । ग्राउण्ड जिरोले तथ्यहरु केलाउँदै जाँदा मसिनेचौरमा विमानस्थलका लागि उपयुक्त ठाउँ नै नभएको पाइएको छ । तथापी पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकारका महानिर्देशक प्रदिप अधिकारीले कमिसनकै लागि मसिनेचौरमा विमानस्थल बनाएको खुलेको छ । त्यसपछि ग्राउण्ड जिरोको टिम मसिनेचौर विमानस्थल पुग्यौं, त्यसक्षेत्रका सर्वसाधरणलाई भेट्नका लागि ।यो पनि :पोखरा विमानस्थलमा...

Continue reading

हुम्लाको कथा : कसरी पुग्ने लिमी लाप्चा

यो हुम्लाको सदरमुकाम सिमिकोट ।सिमिकोट राष्ट्रिय सडक सञ्जालसँग अलग्गै छ, सहर र बाँकी नेपालभन्दा टाढा ।त्यही बाँकी नेपालभन्दा ढाढा रहेको जिल्ला जाँदै छौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्ज र, यो नेपालगञ्ज विमानस्थल ।……

Continue reading

प्राधिकरणकै रिपोर्ट भन्छ— तीन दिनमा बनाइयो रन-वे

एक तले घर बनाउने प्रक्रिया के के हुन्छ ? कुरा सामान्य छ। नक्सा बनाउने, पालिकाबाट जाँचपास गर्ने, भूकम्प प्रतिरोधी हुनेगरी तलैदेखि फाउन्डेसन उठाउने आदि, इत्यादि। अनि अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण गर्दा के के गर्नुपर्छ ? जहाजलाई टेकअफ र अवतरण गर्ने समयमा सुरक्षित र सन्तुलित बनाइराख्ने महत्वपूर्ण ठाउँ हो, रन-वे। ठूलो ताैल भएका जहाज गुड्ने राजमार्ग पनि हो रनवे। त्यसैले रनवे बनाउँदा भार बहन क्षमता पहिलै सुनिश्चित गरिनु पर्छ। त्यसका लागि तलदेखि माटो फिल गर्दा लेयर—लेयरमा प्रयोग गर्ने माटोको वैज्ञानिक परीक्षण गर्दै काम गर्नुपर्छ। एक तले घर बनाउन कति दिन लाग्छ, तपाइँ सोच्दै गर्नुहोस्।...

Continue reading

बहुपति प्रथा : एउटी महिला, धेरै श्रीमान

चौँरीका बथान चर्ने ठूला फाँटहरु। तिब्बती बौद्ध धर्म सँगैअनौठो प्रथा मान्ने छुट्टै समाज । यो हुम्लाको लिमी उपत्यका हो।सदरमुकाम सिमिकोटबाट ४ दिन हिँडेपछि पुगिने यो ठाउँमा वर्षौंदेखि एउटा अनौठो प्रथा चल्दै आएको छ- बहुपति प्रथा। दाजुभाइले एउटै महिलालाई संयुक्त रुपमा पत्नी बनाउनेयो प्रथा जान्न हामी लिमी उपत्यको हल्जी गाउँमा छौँ। गाउँको विद्यालयमा हामीले एक जना युवालाई भेट्यौँ । २६ वर्षिय छिरिङ एनदाक तामाङ । छिरिङ शिक्षक हुन्। उनी अंग्रेजी र तिब्बती भाषा पढाउँछन् ।परिवारमा छिरिङ र उनका एक जना भाई छन् । उनीहरुबीच उमेर फरक छ । तर छिरिङ र उनको भाइकी श्रीमती एउटै छिन्।

Continue reading

चिनिया दूतावासले किन पठायो कुटनीतिक नोट?

पोखरा अन्तर्ष्ट्रिय विमानस्थल निर्माण प्रक्रियाको विषयलाई लिएर काठमाडाैंस्थित चिनियाँ दूतावासले नेपाल सरकारलाई कुटनीतिक नोट पठाएको छ। सबै प्रक्रिया पूरा गरेपछि सम्झौताअनुसार नेपालले पाउनुपर्ने १५ प्रतिशत रकम पाउने अवधि सकिन लागेको जानकारी दिँदै दूतावासले कुटनीतिक नोट पठाएको हो। काठमाडौंस्थित चिनियाँ दूतावासले नेपाल सरकारलाई पठाएको कुटनीतिक नोट सामान्य अवस्थामा कुटनीतिक नोट पठाउनुको मतलब दुई देशबीच औपचारिक सञ्चार गर्नु हो। तर पोखरा विमानस्थलको विषयमा चीनले पठाएको कुटनीतिक नोटमा उसको सरोकार पनि देखिन्छ । यसमा चीनले कुटनीतिक भाषामा भनेको छ, विमानस्थल निर्माणको सम्झौताअनुसार नेपाल नागरिक...

Continue reading

विवादित सुपर त्रिसुलीबारे संसदमा बहस

सुपर त्रिशुली जलविद्युत् आयोजना विवादको विषय संसद प्रवेश गरेको छ। आयोजनाले बल मिच्याइँ गरेर काम गरेको भन्दै स्थानीय आक्रोशित भइरहेको सन्दर्भमा संसदमा यस विषयमा बहस भएको हो। ‘पृथ्वीराजमार्गको त्रिशुली नदीमा सुपर त्रिशुली आयोजना बनाउने काम भइरहेको रहेछ’, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले संसदलाइ सम्बोधन गर्दै भने, ‘यसले राफ्टिङ पर्यटनमा प्रतिकूल असर पार्ने देखिन्छ।’ सर्राफ ग्रुप अन्तर्गतको ब्लु इनर्जी प्रालिले त्रिशुलीमा एक सय मेगावाट क्षमताको सुपर त्रिशुली आयोजना निर्माणको काम गरिरहेको हो। कम्पनीले इआइए रिपोर्ट नै गलत बनाएर पेस गरेको देखिए पछि स्थानीयबासी आयोजनाप्रति...

Continue reading

किन विरोधमा उत्रिए आयोजना क्षेत्रका स्थानीय ?

यो विवादित सुपर त्रिशुली जलविद्युत् आयोजना हो । यही विवादित आयोजनाबारे केही समय अघि ग्राउण्ड जिरोले वातावरण प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन नै नक्कली बनाएको स्टोरी प्रशारण गरेको थियो । यो विवादको विषयमा संसदमा समेत प्रश्न उठ्न थालेको छ ।अर्को तर्फ स्थानीय बासिन्दा र विभिन्न सरोकारवालाले पनि सुपर त्रिशुली जलविद्युत् आयोजना निर्माण राक्नेका लागि आवाज उठाउन थालेका छन् ।एक सय मेगावाट क्षमताको सुपर त्रिशुली आयोजनाको प्रवद्र्धक सर्राफ ग्रुप अन्तर्गतको ब्लु इनर्जी प्रालि हो । अरुण सर्राफ यो कम्पनीका मालिक हुन् । ब्लु इनर्जीका मालिक अरुण सर्राफले इआइए रिपोर्ट नै गलत बनाएर पेस गरेको पाएपछि चितवनको...

Continue reading

विमानस्थलको गुणस्तर घट्दा काठमाडौंमा जग्गा बढ्यो, कसरी?

काठमाडौंको आकाश बिहान सफा थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान—अवतरणको चाप बढिसकेको थियो। डोमेस्टिक टर्मिनलको प्रतीक्षालयमा यात्रु खचाखच हुँदै थिए। बुद्ध एयर, यति एयरलाइन्सका नियमित उडानहरु डिले हुन थालिसकेका थिए। बिहानको ८:१५ जस्तो भएको थियो। नेपाली सेनाको युनिफर्म लगाएका एक जनासहित ६ पुरुष चढेको जीप विमानस्थल उत्तरतर्फको पार्किङमा पुग्यो। उनीहरू सबै हेलिकोप्टरमा चढे। बिहान ८ बजेर ३१ मिनेट हुँदा पाइलटले हेलिकोप्टर धावनमार्गबाट अघि बढाए। माथिल्लो भागको ब्लेड अर्थात मेन रोटरको घुम्ने गति बढ्यो। पुच्छरतिरको रोटर पनि एकै साथ तीब्र गतिमा घुम्दा चर्को आवाज निस्कियो, घुइँँइँइँ…इँ। ‘कल...

Continue reading

पोखरामा कसरी गरिन्थ्यो काम? कन्सल्ट्यान्ट इन्जिनियर गौतमसँगको अन्तर्वार्ता

सन् २०१६ मै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सुरु भइसकेको थियो। तर यो सन् २०१७ को कुरा हो। त्यहाँ चिनियाँ ठेकेदार कम्पनी सीएएमसीले निर्माण गरिरहेको निर्माण कार्यको स्वतन्त्र गुणस्तर मूल्यांकन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्जिनियर मुरारी गौतमलाई नियुक्त गर्यो। गौतम नेपाल आउनु ठिक अगाडि विश्वकप रंगशालाहरुको संरचना निर्माणमा कतारमा थिए। मातृभूमिमा अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेकोमा उनी उत्साही भएर पोखरा पुगे। ठूला परियोजनामा काम गरेको प्रशसस्त अन्तर्राष्ट्रिय अनुभव भएका उनले त्यहाँ के अनुभव गरे ? इन्जिनियर गौतमले कन्सल्ट्यान्टको रुपमा काम गर्दा चिनियाँ ठेकेदार...

Continue reading